सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट

काठमाडाैं | पुस २८, २०७९

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट

काठमाडौँ:   नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्यमा भने थोरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 


यस्तै तेजावी सुन तोलामा १ लाख १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  चाँदी भने बुधबारको तुलनामा तोलामा रु ५ घटेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो । 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्